रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनवाइ सकियो


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनवाइ भएको छ । बुधबार न्यायाधीस सुनील पोखरेलको इजलास नम्बर १० मा सुनवाइ भएको हो ।
सतिशकृष्ण खरेल, भीमार्जुन आचार्य, बिष्णु भट्टराईसहितका वकिलहरुले मिश्रका तर्फबाट बहस गरेका छन् । उनीहरुले मिश्रलाई हाजिरी जमानीमा छोड्ने आदेशका लागि अनुरोध गरेका छन् । देश बनाउँछु भनेर स्वदेश फर्किएको मान्छे भागेर कतै जाने सम्भावना नभएको भन्दै उनीहरुले हाजिरी जमानीमा राखेर अनुसन्धान अगाडि बढाउन आग्रह गरे ।
बन्दी प्रत्यक्षीकरण निवेदन दिने मिश्रकी पत्नीले पनि रवीन्द्र मिश्रलाई राजनीतिक पूर्वाग्रह साँधेर अनावश्यक थुनामा राखिएको बताइन् । आफूहरुलाई जिल्ला अदालतले न्याय नदिएकाले सर्वोच्च आउनु परेको भन्दै न्यायाधीससमक्ष गुनासो राखेकी छिन् ।