Ad Image

सिम्रौनगढ नगरपालिकाको मेयर चढ्ने सरकारी गाडी दुर्घटना

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747219752.PNG

बारा। बाराको सिम्रौनगढ नगरपालिकाको मेयर चढ्ने सरकारी गाडी दुर्घटना भएको छ । 

 

बुधबार बिहान रौतहटको देवाही गोनाही नगरपालिका–५ स्थित नारायणचोक नजिक बा २ झ ४३५४ नम्बरको स्कारपियो गाडी दुर्घटनामा परेको हो।

 

चपुरबाट कटहरिया हुँदै सिम्रौनगढतर्फ आउँदै गरेकाे गाडी अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ। गाडी चालक बारा सिम्रौनगढ–१ बैरियाका ४० वर्षीय मुस्तुफा आलमलाई सामान्य चोटपटक लागेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

 

सिम्रौनगढ नगरपालिकाका मेयर किशोरी साह कलवारमाथि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम जयसवालमाथि कुटपिट गरेको आरोप छ । अधिकृत कुटपिटको घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।


मेयरले आफ्नै निवासमा बोलाएर गत वैशाख १६ गते आफूमाथि कुटपिट गरेको भन्दै अधिकृत जयसवालले मेयर कलवार, वडा ४ का सदस्य दीपेन्द्र गुप्ता र सहयोगी सनफि यादवविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएका थिए। प्रहरीले मेयरका सहयोगी यादवलाई पक्राउ गरिसकेको छ भने मेयर र वडा सदस्यलाई पक्राउ गरेको छैन ।