Ad Image

सांसद माया राईलाई १० लाख धरौटीमा रिहा गर्न आदेश

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747223902.jpg

काठमाडौं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न भएको आरोपमा पक्राउ परेकी सांसद माया राईलाई अदालतले १० लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ । बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र बहादुर कार्कीले राईलाई धरौटीमा छाड्न आदेश दिएका हुन् ।

 

सांसद राईलाई प्रहरीले गत वैशाख १३ मा पक्राउ गरेको थियो । मंगलबार सरकारी वकिलले उनीविरुद्ध ३७ लाख ३५ हजार बिगो मागदाबी गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो ।

 

राईले कालिमाटीमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी सहकारीमा सदस्य र सहसचिव भएर काम गरेकी थिइन् । उनको कार्यकालमा २ करोड ४० लाख ४४ हजार ७९० रुपैयाँ हिनामिना भएको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।