दाङको विद्युत् सबस्टेशनमा आगलागी

दाङ । दाङको एक विद्युत् सबस्टेशनमा आगलागी भएको छ ।
११ केभी प्रशारण लाइन सट हुँदा लमही नगरपालिका–५ स्थित विद्युत् सबस्टेशनमा आगलागी भएको हो ।
लाइन सट भएर सुरुमा सानो ट्रान्सफर्मर पड्केको र आगलागी सुरु भएको बताइएको छ । लमही नगरपालिकाको दमकल र वडा प्रहरीले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् ।