पाथीभरामा केबलकार बनाउन बाटो खुल्यो, सर्वोच्चले दिएन अन्तरिम आदेश


काठमाडौं । सर्वाेच्च अदालतले पाथीभरामा केबलकार निर्माण कार्य यथास्थितिमा राख्न दिएको आदेशलाई निरन्तरता नदिने फैसला गरेको छ । सर्वाेच्चको फैसलासँगै ताप्लेजुङमा रहेको प्रसिद्ध तिर्थस्थल पाथीभरामा केबलकार निर्माणको बाटो खुलेको छ ।
न्यायाधीशद्वय डा.नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासले बुधबार अन्तरिम आदेश दिन नपर्ने आदेश गरेको हो । रिटमा केबलकार बनाउँदा वातावरण विनास गर्ने र लिम्बु जातिहरुको मुन्धुमी सभ्यता संकटमा पर्ने भन्दै त्यसलाई रोक्न माग गरिएको थियो ।
यामबहादुर लिम्बूसमेतले पाथीभरा देवी दर्शन केबलकार, फुङलिङ नगरपालिका, नेपाल सरकार आदिलाई विपक्षी बनाइ अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेका थिए।