झापामा हावाहुरीले घर भत्किँदा एक जनाको मृत्यु


झापा । हुरीका कारण घर भत्किँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो । गएराति हुरीले टिनको छाना भएको घर भत्किँदा त्यसको बिमले थिचेर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।