देशका विभिन्न स्थानबाट करिब १० लाख बराबरको धनमाल चोरी


काठमाडौं । तारकेश्वर नगरपालिका-८ शेषमती शान्तिटोलबाट बुधबार बिहान विभिन्न धनमाल चोरी भएका छन् ।
नुवाकोट सूर्यगढी गाउँपालिका-३ घर भएका ५४ वर्षीय प्रसाद पुडासैनीको कोठाबाट नगद तथा सुनका गरगहना गरी करिब २ लाख ९२ हजार २ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।
यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका-९ लामाटार बस्ने फडेन्द्र राईको घरबाट पनि बुधबार साँझ सुन तथा चाँदीका गरगहना गरी करिब ६ लाख ४७ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।
यसैगरी उदयपुरको चौदण्डीगढी नगरपालिका-९ बस्ने पशुपति चौधरीको घरबाट पनि बुधबार राति सुनका गरगहना गरी करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो बताइएको छ ।
हाल चोरीमा संलग्न व्यक्तिहरू फरार रहेको र उनीहरुको खोजी हुनाका साथै आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।