आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य


काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलमा १ र डिजेल–मट्टितेलमा ३ रुपैयाँले मूल्य घटाइएको हो । घटेको मूल्य आज राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ । इन्डियन आयल कर्पोरेसनबाट बिहीबार प्राप्त मूल्य सूचीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ।
