भारतमा समुन्द्रको नुनिलो पानी पिउन योग्य बनाउने प्रविधि निर्माण

काठमाडौं । भारतको डीआरडीओले सामुद्रिक सिमानाको रक्षा गर्न तैनाथ तट रक्षकहरूका लागि विशेष उपहार तयार गरेको छ। यसले भारतको सैन्य शक्तिलाई मात्र बलियो बनाउने छैन्, समुद्री क्षेत्रमा बसोबास गर्ने नागरिकहरूका लागि नयाँ आशा देखाएको छ।
डीआरडीओको कानपुरमा रहेको प्रयोगशाला डिफेन्स मटेरियल स्टोर्स एण्ड रिसर्च एण्ड डेभलपमेन्ट एस्टाब्लिसमेन्टले ८ महिनामा अत्याधुनिक ‘नैनोपोरस मल्टीलेयर पोलिमेरिक मेम्ब्रेन’ विकास गरेको छ। यसले उच्च चापमा समुद्रको नुनिलो पानीलाई अब सफा, सुन्दर र मीठो बनाउन सक्ने प्रविधि विकास गरेको छ।
खासमा महासागर वा समुद्रको पानी पिउन योग्य छैन किनभने यसमा अत्यधिक मात्रामा क्लोराइड आयनहरू र अन्य लवणहरू रहेका हुन्छ्न्। नुन र क्लोराइडको लामो समयसम्म सम्पर्कमा रहँदा यो एकदम खरिलो हुने गर्छ ।
न्यानोपोरस मल्टिलेयर डिजाइनः यो बिधीमार्फत समुन्द्रका धेरै तहहरूमा अत्यन्त सूक्ष्म छिद्रहरूलाइ छुटाएको थियो, जसले पानीलाई मात्र पार गर्न अनुमति दिन्छ तर नुन, क्लोराइड र अन्य अशुद्धताहरूलाई रोक्न सफल भएको छ।
उच्च दबाव सहनशीलताः यो प्रणालीले समुद्रको गहिरो भागबाट नुनपानी तानेर पनि प्रभावकारी रूपमा काम गर्न सक्छ।
दिगो र कम मर्मतसम्भारः यसको डिजाइन यस्तो छ कि यसलाई बारम्बार प्रतिस्थापन गर्न आवश्यक छैन, जसले परिचालन लागत पनि कम हुने भएको छ ।
परिक्षण कस्तो रह्यो ?
प्रारम्भिक सुरक्षा र प्रदर्शन परीक्षणहरूमा यो पूर्ण रूपमा सफल भएको पाएको जनाइएको छ। अब वास्तविक परीक्षणको ५ सय घण्टापछि अन्तिम स्वीकृतिका लागि दिइनेछ ।
यो प्रविधि हाल कोस्ट गार्ड जहाजहरूको लागि डिजाइन गरिएको हो, तर डीआरडीओ वैज्ञानिकहरूले विश्वास गर्छन् कि केही परिवर्तनहरूसँगै यो समुन्द्रको तटीय गाउँ र टापु क्षेत्रहरूमा पनि सजिलै प्रयोग गर्न सकिन्छ।
यो विधि भारतीय तट रक्षक गार्डको अपतटीय गस्ती जहाजमा स्थापित अवस्थित डिसेलिनेशन प्लान्टमा परीक्षण गरिएको थियो।
तर डीआरडीओको यो नयाँ झिल्ली विशेष रूपमा नुन पानीको उच्च दबाब र क्लोराइड आयनहरूको प्रभावलाई सामना गर्न डिजाइन गरिएको छ।