Ad Image

निजामती कर्मचारी विधेयकमा 'कुलिङ पिरियड' दुई वर्ष राखिने

User Image Mayorsap | ५ दिन अगाडि
Image of storage/news/1747372619.PNG

काठमाडौं । ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा अवकाश प्राप्त सरकारी कर्मचारीको कुलिङ पिरियड दुई वर्ष राखिने भएको छ । गृहमन्त्री रमेश लेखकले कर्मचारीमा कुलिङ पिरियड दुई वर्ष राख्न सरकार सहमत भएको बताएका हुन् ।


कुलिङ पिरियड भनेको अवकाश पाएपछि कति समयसम्म अर्को नियुक्ति नलिने भन्ने व्यवस्था हो । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवा विधेयकमाथि छलफल भएकाे छ । जहाँ गृहमन्त्री लेखकले कुलिङ पिरियड दुई वर्ष राख्न प्रस्ताव गरेका थिए । त्यो प्रस्ताव आफूहरूको माग बमोजिम आएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले गृहमन्त्री लेखकलाई धन्यवाद दिएका छन् । यसरी कुलिङ पिरियड दुई वर्ष राख्न सहमति जुटेको छ ।

 

यसअघि ‘कुलिङ पिरियड’बारे कांग्रेस र एमालेका सांसदबीच सहमति भएको थिएन् । दुई वर्ष राख्ने कि एक वर्ष राख्ने भन्नेमा उनीहरू विभाजित थिए । कांग्रेस दुई वर्ष राख्नुपर्ने र एमाले एक वर्ष राख्नुपर्नेमा थिए ।