Ad Image

रवीन्द्र मिश्रको बन्दीप्रत्यक्षीकरणको रिटमा आज पनि सुनुवाइ

User Image Mayorsap | ६ दिन अगाडि
Image of storage/news/1747376357.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुँदैछ । आज न्यायाधीश कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ हुने भएको छ ।

 

मिश्रकी श्रीमती सारिका कार्कीले दायर गरेको रिटमा बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गर्दै अनुसन्धानको मिसिलसहित २४ घण्टाभित्र मिश्रलाई इजलासमा उपस्थित गराउन आदेश गरेको थियो ।

 

गत चैत १५ गतेको तीनकुने घटनामा संलग्न रहेको आरोपमा मिश्रलाई पक्राउ गरिएको थियो । मिश्रमाथि राज्यद्रोह, सङ्गठित अपराध, आपराधिक उपद्रव कसुरमा अनुसन्धान भइरहेको छ । काठमाडौं जिल्ला अदालतले गत मंगलबार थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।