Ad Image

रवीन्द्र मिश्रको बन्दीप्रत्यक्षीकरणको मुद्दामा बहस सकियो

User Image Mayorsap | ६ दिन अगाडि
Image of storage/news/1747396859.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दीप्रत्यक्षीकरणको मुद्दाको बहस सकिएको छ । बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र तीलप्रसाद श्रेष्ठको इजलासमा भएको बहस सकिएको हो ।

 

आदेश भने आउन बाँकी छ । केहीबेरमा आदेश आउने रवीन्द्र मिश्रका वकिलले जानकारी दिएका छन् । मिश्र गत चैत १५ गतेको तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए ।

 

मिश्रलाई गैरकानुनी रूपमा प्रहरीले हिरासतमा राखेको भन्दै उनकी श्रीमती सारिका कार्कीले रिट दिएकी थिइन्।


बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले मिश्रलाई पक्राउ गर्नुको कारण देखाउन र  उनलाई अदालतमै हाजिर गराउन आदेश जारी गरेको थियो।