मेयरसाप

स्थानीय तह

केपी ओली

राजस्व

स्वास्थ्य क्लिनिक

संस्कृति

बालेन शाह

चौरपाटी गाउँपालिका

ललितपुर महानगरपालिका

नाम्खा गाउँपालिका

श्रम बैंक

चौँरी महोत्सव

‘आमा समूहसँग उपमेयर’ कार्यक्रममार्फत महिलालाई सीपमूलक तालिम

Mayorsap

शुक्र, जेठ ३, २०८२ | ०९:४७ बजे

म्याग्दी । बेनी नगरपालिकाले सञ्चालन गरेको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रममार्फत वडा नं १ रत्नेचौरका महिलाहरूलाई बाँसका सामग्री बनाउने तालिम प्रदान गरिएको छ । महिलालाई आयआर्जनमूलक व्यवसायमा आबद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक हिंसा न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन भएको कार्यक्रममार्फत १६ जना महिलाहरूलाई बाँसबाट सजावटका सामग्री र मुडा बुन्ने १५ दिने तालिम दिइएको हो । 

 

बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले रत्नेचौर र अर्जममा थप ७० जना महिलालाई व्यवसायिक च्याउखेतीसम्बन्धी तालिम दिने, बीउ र प्लास्टिक घर सहयोग गर्ने कार्यक्रम रहेको जानकारी दिइन् । 

 

तालिममा सहभागी यामु थापाले बाँस र चोयाबाट मुडाका साथै स्ट्रे, फूलदानी, प्रमाणपत्र राख्ने फ्रेम, चुरादानी, कलम र ब्रसदानी बनाउन सिकेको बताइन् । व्यावसायिक रूपमा सामान उत्पादन गरेर प्रशस्त मात्रामा पाइने बाँसको प्रयोग र सीपको सदुपयोग गर्ने योजना रहेको थापाले बताइन् । 

 

समुदायस्तरमा महिला सशक्तीकरण र सामाजिक कामको अगुवाइ गरिरहेका आमा समूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोतसाधन र सम्भावना भएको उद्यम व्यवसाय गरी आयआर्जनका काममा संलग्न गराउन यस वर्ष बेनी नगरपालिकाले रत्नेचौर र वडा नं ५ पुलाचौरमा कार्यक्रम सञ्चालन गरेको छ । 

 

“महिला आर्थिक रूपमा सक्षम भए भने हिंसा न्यूनीकरण, रोजगारीको सिर्जना र आत्मनिर्भर भई समाजमा अगाडि आउन सक्ने वातावरण बनाउने प्रयास गरेका हौँ”, उनले भनिन्, “आर्थिक वर्ष २०७९/०८० देखि सुरू भएको चालु आर्थिक वर्षमा रु २० लाख बजेट विनियोजन भएको छ ।” 

 

पुलाचौर आमा समूहमार्फत सेतोढुङ्गा, पुलाचौर, नयाँगाउँ र डडुवामा १२५ जनालाई च्याउखेती, १३२ जनालाई धुप बनाउने र १७ जनालाई सिलाइकटाइ तालिम प्रदान गरिएको छ । च्याउखेती र धुप बनाउने समूहलाई दुई/दुई दिन तालिम, बीउ, एकरएक वटा टनेल सहयोग गरिएको छ । तीन महिने सिलाइकटाइ तालिममा सहभागीलाई उपकरण पनि सहयोग गरिएको छ ।  

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology