Ad Image

चोरी तथा डाँका सम्बन्धी कसुरमा ५ जना पक्राउ, १२ तोला सुन र २४ तोला चाँदी बरामद

User Image Mayorsap | ४ दिन अगाडि
Image of storage/news/1747459896.jpg

काठमाडौं । चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरूमा तनहुँ शुक्लागण्डकी नगरपालिका–१० शांखे घर भएका २६ वर्षीय कट्टप्पा भन्ने सुवास विक, उनकै ठूलो बुवाको छोरा २३ वर्षीय बिमल विक, सुवासकै मामा पोखरा महानगरपालिका–१० गौरीमार्ग बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका–९ काल्खु घर भएका ५३ वर्षीय दुर्गा बहादुर थापा एवम् सुवासकै फुपुको छोराहरू तनहुँ शुक्लागण्डकी नगरपालिका–११ दुर्गे घर भएका २२ वर्षीय गणेश सुनार तथा पोखरा महानगरपालिका–२ बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका९ काल्खु घर भएका ३३ वर्षीय सुरेश विक रहेका  छन् । 

 

पोखरा महानगरपालिका वडा नम्बर २६, ३०, ३१ र ३२ लगायतका विभिन्न स्थानहरूमा चोरी भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । 

 

प्रहरीले उनीहरूको साथबाट करिब १२ तोला ८ लाल बराबरको सुनका विभिन्न गरगहना र करिब २४ तोला बराबरको चाँदीका विभिन्न गरगहना एवम् चोरीमा प्रयोग भएको ग।२२ प ४९८९ नम्बरको मोटरसाइकल र ग।२१ प ६७५३ नम्बरको स्कुटर समेत बरामद गरेको छ । उनीहरूले हाल सम्म पोखराको ९ स्थान र तनहुँको ३ स्थान गरी १२ वटा घरमा चोरी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । 

 

उनीहरू उपर चोरी तथा डाँका सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।