Ad Image

सिद्धिचरण मेयर कपः मानेभञ्ज्याङ स्पोर्टस क्लबलाई उपाधि

User Image Mayorsap | ४ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/12/football-1-1726142794_1GH5bCEzGL_oGx6kIxFdp.jpg

खलढुंगा । सिद्धिचरण नगरपालिकाद्वारा आयोजित मेयर कपको उपाधि मानेभञ्ज्याङ स्पोर्टस क्लबले जितेको छ । आज सम्पन्न फाइनल खेलमा अधेरी नारायणस्थान फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मानेभञ्ज्याङ क्लबले उपाधि उचालेको हो । विजेता टोलीले नगद रु दुई लाख २२ हजार २२२ र उपविजेता टोलीले रु एक लाख ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । दश टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपाली सेनाको दुर्गाबक्स गण ओखलढुङ्गा र मानेभञ्ज्याङ गाउँपालिका सेमिफाइनमा छनोट भएका थिए । प्रतियोगिताको सेमिफाइनलमा पुग्ने दुई टोलीले रु ४४ हजार ४४४ प्राप्त गरेका छन् । उत्कृष्ट क्रमशः खेलाडी, गोलकिपर, मिडफिल्डर, डिफेन्डर र गोल स्कोररले जनही रु पाँच हजार पाएका छन् ।