Ad Image

रवि लामिछानेको मुद्दामा मिसिल झिकाउन उच्चको आदेश

User Image Mayorsap | ३ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/rabi-lamichhane-3_LI30oMFJ2m.jpg

काठमाडौं । उच्च अदालत पोखराले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगीसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट मिसिल झिकाउन आदेश दिएको छ ।

मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको इजलासले आइतबार उक्त आदेश जारी गरेको हो । लामिछाने पक्षले आफूहरूलाई थाहै नदिई सुनुवाइ अघि बढाइएको भन्दै आपत्ति जनाएपछि इजलासले मिसिल माग गरेको हो ।

यसअघि कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा तारेखमा छाड्ने आदेश दिएको थियो । सो आदेशविरुद्ध दुवै पक्षले उच्च अदालतमा पुनरावेदन दिएका थिए ।

लामिछानेले सामान्य तारेखमा रिहाको माग गरेका छन् भने सरकारी वकिल कार्यालयले थुनामै राख्नुपर्ने माग गर्दै सुनुवाइ अघि बढाएको छ ।