गण्डकी प्रदेशसभा अधिवेशन जेठ ११ गतेदेखि सुरु हुने


काठमाडौं । गण्डकी प्रदेश सभाको नयाँ अधिवेशन आगामी जेठ ११ गते आइतबारदेखि सुरु हुने भएको छ ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १८३ को उपधारा (१) अनुसार दिउँसो २ बजेदेखि प्रदेशसभा बैठक बोलाउनु भएको हो ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालद्वारा जारी विज्ञप्तिमा अनुसार अधिवेशन प्रदेशसभा भवनमा बस्नेछ ।
बैठकमा आगामी नीति, कार्यक्रम र बजेटसहितका विषयहरू छलफल हुने अपेक्षा गरिएको छ ।