Ad Image

दुर्गा प्रसाईँलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

User Image Mayorsap | ३ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/durga ki jaya.JPG

काठमाडौं । बिबादस्पद व्यवसायी दुर्गा प्रसाईँ थप ४ दिन हिरासतमा रहने भएका छन् ।

काठमाडौं जिल्ला अदालतले प्रसाईँलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। ।

चैत १५ गते तीनकुनेमा भएको राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका प्रसाईँलाई आइतबार प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । 

सो क्रममा अदालतले राज्य विरुद्धको कसुरमा थप ४ दिन म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।