२० लाखभन्दा बढी रकमसहित हुण्डी कारोबारी पक्राउ


काठमाडौं । काठमाडौं महानगरपालिका– २४ जुद्ध सालिकबाट प्रहरीले २० लाख रुपैयाँभन्दा बढी रकमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२४ का सञ्जय बस्नेत रहेका छन् ।
उनलाई आइतबार दिउँसो पौने २ बजे पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले बताए । उनको साथबाट २० लाख २९ हजार ६२० रुपैयाँ स्रोत नखुलेको रकम बरामद भएको उनले बताए ।
स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने भएकाले बरामद गरी अनुसन्धान थालिएको बोहरा बताउँछन् । बस्नेत काठमाडौं- ३२ पेप्सीकोला बस्दै आएका थिए।