नेपाललाई युएईले दियो १ सय १५ रनको लक्ष्य


काठमाडौं । महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत सुपर–थ्री चरणको पहिलो खेलमा नेपालले जितका लागि १ सय १५ रनको लक्ष्य पाएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रन बनायो ।
युएईका लागि कप्तान इसा ओजाले सर्वाधिक ३९ रनको योगदान दिइन् । यस्तै तीर्था सतिशले २१ रन तथा हीना होचन्दानीले २० रन बनाइन् ।
बलिङतर्फ नेपालका लागि मनीषा कुमारी उपाध्याय सर्वाधिक प्रभावशाली देखिइन् । उनले ४ विकेट लिँदै युएईको मध्यक्रम धराशायी बनाइन्। यस्तै कविता कुँवरले २ विकेट र राजमती ऐरीले १ विकेट हात पारिन् ।