प्रहरी सहायक निरिक्षक शेर्पाद्वारा सगरमाथाको सफल आरोहण


काठमाडौं। प्रहरी सहायक निरिक्षक कुन्जाङ छोपेल शेर्पाले सगरमाथाको सफल आरोहण गरेकी छिन् ।
नेपाल प्रहरीका अनुसार आज बिहान ०८ः५६ बजे प्रहरी सहायक निरिक्षक कुन्जाङ छोपेल शेर्पाले सगरमाथाको सफल आरोहण गरेकी हुन् ।
शेर्पालाई सगरमाथा सफल आरोहण गरेकोमा प्रहरी महानिरिक्षक दिपक थापाले बधाई दिएका छन् । उनले बधाई सन्देशमा भनेका छन्, ‘विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्नु भएकोमा प्रहरी सहायक निरिक्षक कुन्जाङ छोपेल शेर्पालाई हार्दिक बधाई ।’