Ad Image

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

User Image Mayorsap | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/rabi-lamichhane-3_LI30oMFJ2m.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदन आज ‘हेर्न नमिल्ने’ मा परेको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको संयुक्त इजलासमा पेसी तोकिएको भए पनि हेर्न नमिल्ने भएपछि सुनुवाइ हुन नसकेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।
 
अब उक्त निवेदनमाथि मङ्गलबार सुनुवाइ हुनेछ ।