Ad Image

रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने अधिकृत विष्टलाई धरौटीमा छोड्न आदेश

User Image Mayorsap | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/adalat ktm.jpg

काठमाडौं । काठमाडौं जिल्ला अदालतले सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई धरौटीमा छोड्न आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालले विष्टलाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिएका हुन् । 

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न अनधिकृत पत्र लेखेपछि पक्राउ परेका विष्टविरुद्ध प्रहरीले लिखत किर्ते कसुरमा अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो ।

अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलले काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर गरेका थिए ।