Ad Image

प्रधानमन्त्री ओलीद्वारा नेपाली महिला खेलाडीलाई बधाई

User Image Mayorsap | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/kp.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिला खेलाडीलाई बधाई दिएका छन् । 

सामाजिक सञ्जालमार्फत आज प्रधानमन्त्री ओलीले महिला टी–२० विश्वकपको एसिया छनोटमा पहिलो पटक ‘ग्लोबल’ छनोटमा प्रवेश गरेकोमा नेपाली महिला खेलाडीलाई बधाई दिएका हुन् ।

“नेपाली छोरीहरुलाई बधाई, महिला क्रिकेटमा नेपाललाई ऐतिहासिक उपलब्धि । २०२६ महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल पहिलोपटक प्रवेश गरेको छ ।  

नेपालका लागि गर्वको क्षण हो । हार्दिक बधाई तथा शुभकामना”, प्रधानमन्त्री ओलीले लेखेका छन् । नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई पाँच विकेटले पराजित गरेको हो ।