मकवानपुरमा १ सय ७२ किलो गाँजासहित २ जना पक्राउ


मकवानपुर । भीमफेदी गाउँपालिका–१ खोप्लाङखोलाबाट अवैध लागूऔषध गाँजा करिब १ सय ७२ किलोग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका–८ सिमपानी बस्ने २५ वर्षीय प्रदीप मोक्तान र मकवानपुरगढी गाउँपालिका–५ धादिङ बस्ने २५ वर्षीय समुद्र दाहाल रहेका छन् ।
गएराति प्रहरी चौकी भैँसेबाट खटिएको प्रहरीले चुनियाबाट हेटौंडा बजारतर्फ जाँदै गरेको बा.३ च. ३४९६ नम्बरको कारलाई जाँच गर्ने क्रममा ४ वटा बोरामा लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी कार चालक प्रदीप र कारमा सवार समुद्रलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।