Ad Image

अछाममा सेनाले गर्‍यो सुत्केरी र शिशुको हेलिकप्टरमार्फत उद्वार

User Image Mayorsap | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/helicoptor_MRWiqC1KOJ_vg9R03qfvd.jpg

अछाम । जटिल स्वास्थ्य अवस्था भएकी एक सुत्केरी र एक शिशुको हेलिकप्टरमार्फत आज उद्धार गरिएको छ । यहाँको रामारोशन गाउँपालिका–१ निवासी २१ वर्षीया विपना साउद र उनको शिशुलाई जिल्ला अस्पतालबाट प्रादेशिक अस्पताल सुर्खेतमा रेफर गरिएको थियो । 

जिल्ला अस्पतालमा आजै सुत्केरी भएकी साउदको नवजात शिशुलाई स्वासप्रश्वासमा समस्या देखिएको र यहाँ उपचार सम्भव नभएपछि गोरख बक्स गणबाट सेनाको हेलिकप्टरमार्फत उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी आनन्द सारुले जानकारी दिए ।