Ad Image

स्थगित भयो मन्त्रिपरिषद बैठक, नयाँ गभर्नर नियुक्तिमा सकस

User Image Mayorsap | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/cabinet-baisakh-31.jpg

 काठमाडौं । सरकारले आज पनि नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्ति नगर्ने भएको छ । गभर्नरको विषयमा निर्णय लिन कठिनाइ भएपछि आज साँझ ६ बजे बोलाइएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ । प्रधानमन्त्रीको सचिवालय स्रोतले आजको बैठक स्थगित भएको जानकारी दिएको छ ।  
 
मन्त्रिपरिषद बैठकअघि कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीबीच छलफल राखिएको थियो । यो छलफल ढिला हुने भन्दै बैठक स्थगित गरिएको हो । लामो समयदेखि प्रतिष्ठा र प्रतीक्षाको विषय बनेको गभर्नर नियुक्तिको विषयले आज पूर्णता पाउने अपेक्षा थियो । 

आज गभर्नर नियुक्त नहुने भएपछि अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको गभर्नर सिफारिस समिति पनि अलमलमा देखिएको थियो । गभर्नर सिफारिस गर्न बनेको सिफारिस समितिका सदस्य एवं पूर्वगभर्नर महाप्रसाद अधिकारीले समितिको बैठक बस्ने टुंगो नभएको आज दिउँसो बताएका थिए ।