बुधवार ललितपुर महानगरपालिकाले सार्वजनिक सुनुवाई गर्दै


काठमाडौं । ललितपुर महानगरपालिकाले बुधवार (भोलि) सार्वजनिक सुनुवाई गर्ने भएको छ । महानगरपालिकाले बुधवार दिउँसो १ बजे महानगरको वडा नम्बर २९ को कार्यालय नजिकैको चौरमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको हो ।
महानगरले योजना तर्जुमा, विकास निर्माणमा सुधार तथा सेवा प्रवाहलाई पारदर्शी, गुणस्तरीय र प्रभावकारी बनाउँदै सुशासन कायम गर्न, विकास निर्माण, सम्पदा संरक्षण, सामाजिक विकास तथा सेवा प्रवाह लगायतका विषयमा सरोकारवाला र नगरबासीहरुको जिज्ञासा, गुनासा तथा सुझाव लिनका लागि सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिएको छ ।
महानगरले कार्यक्रममा उपस्थित भएर गुनासा र सुझाव दिनका लागि सरोकारवाला र नगरबासीमा अनुरोध समेत गरेको छ ।