Ad Image

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या, संसदमा प्रश्नोत्तर कार्यक्रम स्थगित

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/kp.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि संसदमा आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्री ओली अस्वस्थ भएकाले मंगलबारका लागि पूर्वनिर्धारित प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रतिनिधिसभाको कार्यसूचीबाट हटाइएको हाे । 

प्रतिनिधिसभाको बैठक आज ११ बजेबाट सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको थियो ।

प्रधानमन्त्री ओली अस्वस्थ भएपछि सोमबारको मन्त्रिपरिषद् बैठक पनि स्थगित भएको थियो । सोमबार काठमाडौंमा भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू केही अस्वस्थ रहेको भन्दै आफ्नो सम्बोधन समेत छोट्याएका थिए । उनलाई रुघाखोकीको समस्या देखिएको बताइएको छ ।