प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित


काठमाडौं। प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बैठक जेठ १३ गते मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।
आजको सभाको बैठकले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
विधेयकलाई विचार गरियोस् भन्ने प्रस्तावको सैद्धान्तिक छलफलमा ४८ सांसदले भाग लिएका थिए । सांसदहरूले सैद्धान्तिक छलफलमा उठाएका विषयवस्तुबारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले जवाफ दिएपछि विधेयक निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले स्वीकृत भएको हो ।