रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा राखिएको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भएपछि आजका लागि उक्त रिट हेर्दाहेर्दैमा राखिएको हो ।
यसअघि उक्त रिट ६ पटकसम्म हेर्न नमिल्नेमा राखिएको थियो । मंगलबार लामिछानेको तर्फबाट सुदीज्ञ पन्त, सुशील पन्त, सुरेन्द्र थापा, दिपेन्द्र झालगायतले बहस गरेका छन् । न्यायाधीशहरूले आजै सक्नेगरी बहस छोट्याउन आग्रह गरे पनि आज लामिछानेका तर्फबाट मात्रै कानुनी व्यवसायीहरुले बहस गर्न भ्याएका हुन् ।
बुधबार पीडितको तर्फबाट कानुन व्यवसायी र सरकारी वकिलले बहस गर्नेछन् । त्यसपछि जवाफी बहस हुनेछ ।