Ad Image

ट्युवेलमा पानी खाने क्रममा करेन्ट लागेर पुजारीको मृत्यु

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Death-body.jpeg

सर्लाही । सर्लाहीको बलरा नगरपालिकामा एक जनाको घरमा पूजा गराउन गएका पुजारीको पानी खान जाँदा ट्युवेलमा करेन्ट लागेर मृत्यु भएको छ। बलरा नगरपालिका– ५ महतो टोल बस्ने विजय महतोको घरमा पूजा गराउन गएका गोडैता गाउँपालिका– २ बस्ने वर्ष ७० को महादेव महतो ९पुजारी०लाई मोटर जडान भएको ट्युवेलमा पानी खाने क्रममा दिउँसो पौने ३ बजे करेन्ट लागेको थियो । तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो ।

उनको  उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। ​​​​​​​मृतक पुजारीको शव पोस्टमार्टमका अस्पतालमा राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।