Ad Image

त्रिविको उपकुलपति छनोट गर्न शिक्षामन्त्रीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन

User Image Mayorsap | २३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Tribhuwan-University.jpg

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा सर्च कमिटी गठन भएको छ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले मंगलबार त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि शिक्षामन्त्री पन्तको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेका हुन् ।  

समितिको सदस्यमा राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्य गीताकुमारी पौड्याल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा दीपक काफ्ले रहेका छन् । उपकुलपतिबाट केसरजङ्ग बरालले राजीनामा दिएपछि त्रिविमा उपकुलपति रिक्त भएको थियो ।