Ad Image

‘गोल्डेन डोम’ बनाउँदै अमेरिका, जसले रोक्न सक्छ ब्यालिस्टिक र क्रुज मिसाइल

User Image मेयरसाप डेस्क | एक महिना अगाडि
Image of https://mayorsap.com/storage/photos/10/golden-dome.jpg

काठमाडौं । अमेरिकाले भविष्यमा हुन सक्ने हवाई आक्रमणबाट बच्न ‘गोल्डेन डोम’ क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली बनाउने भएको छ ।  यो सुरक्षा प्रणाली ब्यालिस्टिक र क्रुज मिसाइलहरूसँग पनि लड्न सक्षम हुनेछ। रकेट र क्षेप्यास्त्र रोक्न प्रयोग हुँदै आएको इजरायलको आइरन डोमबाट प्रेरित रही ‘गोल्डेन डोम’ निर्माण हुने बताइएको छ ।  

बीबीसीका अनुसार यस प्रणालीका लागि २५ अर्ब डलर बजेट छुट्याइएको छ। अमेरिकी सरकारले यो प्रणालीमा आगामी दशकमा खर्च अझ बढ्न सक्ने अनुमान गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले ‘गोल्डेन डोम’ का लागि डिजाइन छनोट गरेको बताएका छन् ।

उनले आफ्नो कार्यकालको अन्त्यसम्ममा यो प्रणाली सञ्चालनमा आउने पनि बताएका छन्। गत जनवरी २० मा दोस्रोपटक ह्वाइट हाउस फर्केको केही दिनपछि नै ट्रम्पले उक्त सुरक्षा प्रणालीको योजना सुनाएका थिए। अधिकारीहरूले अमेरिकाको वर्तमान प्रतिरक्षा प्रणाली अब सम्भावित शत्रुहरूको हतियारसँग लड्न सक्षम नरहेको चेतावनी दिएका छन्।