Ad Image

दलित परिवारका लागि सुरक्षित आवास बनाउँदै शुक्लाफाँटा नगरपालिका

User Image Mayorsap | १८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/aabas.jpg

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले सुरक्षित आवास निर्माण गरिरहेको छ । नगरपालिकाले सिमलखेतमा बसोबास गर्ने दलित परिवारका लागि निड्स नामक गैरसरकारी संस्थासँगको साझेदारीमा ११ वटा सुरक्षित आवास निर्माण गरिरहेको हो ।

६ लाख ५० हजारको लागतमा दुईकोठे घर निर्माण भइरहेको शुक्लाफाँटा–१० का वडाध्यक्ष लालबहादुर ऐरले बताए । यसै महिना निर्माण सम्पन्न गरेर दलित परिवारलाई हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ ।

सुरक्षित आवास निर्माण भएसँगै  सिमलखेतका जनजाली सार्कीको सुरक्षित आवासमा बस्ने सपना पूरा हुने भएको छ । ‘पुरानो घरको छाना बर्खामा चुहिँदा अन्नपात, लुगाफाटा जोगाउन समस्या हुन्थ्यो भने सर्प, बिच्छीलगायत विषालु कीराको उत्तिकै डर हुन्थ्यो । हुरीले छाना उडाउँदाको पीडा शब्दमा व्यक्त हुँदैन’, उनले भने ।