मुसिकोट नगरपालिकाको दुई वडा जोड्ने पुल निर्माण सम्पन्न

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँ र ७ को वामी जोड्ने झेँदी पुल निर्माण सम्पन्न भएको छ । स्वीस सरकारबाट प्राप्त रु पाँच करोड १७ लाख ५० हजार ६६५ मा निर्माणको काम सम्पन्न भएको हो ।
सडक पुल कार्यक्रमका इञ्जिनियर श्रीराम प्रजापतिका अनुसार ५६.३० मिटर लामो यो पुल लामो समयको प्रयासपछि पूरा भएको हो ।
पक्की बनाउन नसकिने स्थानमा यस्तो पुल निर्माण गरिने उनले बताए। यो पुल २०७६ र २०७७ साल वैशाखमा दुई पटक भाँचिएपछि प्रारुप परिवर्तन गरेर नयाँ बनाइएको हो । पुलका संरचना भाँचिदा ठूलो क्षति भएको थियो ।