Ad Image

१ सय १२ किलो गाँजा बोकेको भारतीय नम्बरको स्कार्पियोसहित एक जना पक्राउ

User Image Mayorsap | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/newskarkahna-news856770..jpg

सर्लाही । सर्लाहीमा १ सय १२ किलो भन्दा बढी लागूऔषध गाँजा बोकेको भारतीय नम्बरको स्कार्पियोसहित एक जना पक्राउ परेका छन् । लालबन्दी नगरपालिका–१४ डाइनी खोला छेउबाट १ सय १२ केजी ७८ ग्राम गाँजा बोकेको गाडी र मोटरसाईकलसहित १ जनालाई प्रहरी गस्ती टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सोही ठाउँका ४२ वर्षीय सोमबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्र कुमार खड्काले बताएका छन्। विशेष सूचनाको आधारमा सोमबार राति १० बजे प्रहरी टोली डाइनी खोला पुुगेर पक्राउ गरेको थियो ।

इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको  टोलीले  डाइनी खोलाबाट तामाङलाई प्लाष्टिकमा प्याक गरेर तयार पारिएको उक्त परिमाणको लागूऔषध गाँजासहित पक्राउ गरेको हो । 

तामाङले गाँजा ओसारपसार गर्न प्रयोग गरेको बीआर ३२ ए एन ०८१७ नम्बरकाे भारतीय स्कारपियो र लु.२२ प ३८९४ नम्बरको मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ ।

उक्त स्थानमा प्रहरी टोली पुग्दा गाँजाको कारोबारमा संलग्न अन्य मानिसहरू भने फरार भएका थिए । सोमबहादुर माथि मुद्दा दायर गरी सर्लाही जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।