Ad Image

विकास कांग्रेसको पहिलो प्राथमिकता हो : डा. महत

User Image Mayorsap | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Dr. Prakashsaran mahat photo.jpg

तनहुँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले विकास– निर्माणका  कामलाई आफ्नो पार्टीले उच्च महत्त्व दिएको बताएका छन् । 

नेपाली कांग्रेस बन्दीपुर गाउँ कार्यसमितिले आज आयोजना गरेको कार्यकर्ता भेटमा उनले कांग्रेसको नेतृत्वमा नै देश विकासको पथमा सशक्त ढङ्गले अघि बढ्ने  बताए । 

पूर्व अर्थमन्त्री महतले लोकप्रिय हुन हचुवाका भरमा कार्यक्रम घोषणा गर्ने प्रवृत्ति रहेको टिप्पणी गर्दै त्यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए । 

प्रवक्ता महतले नेपाली कांग्रेसमा एकता आवश्यक रहेको औँल्याए । कांग्रेस एकताबद्ध भएमा आगामी निर्वाचनमा सबैभन्दा ठूलो शक्ति बन्नबाट उसलाई कसैले रोक्न नसक्ने उनी बताउँछन् । 

एक्लै प्रतिस्पर्धा गरेर बहुमत ल्याउने कांग्रेसको नीति भए पनि  चुनावमा  गठबन्धन गर्नुपर्ने बाध्यात्मक परिस्थितिमा त्यसो गर्नुपरेको स्पष्ट गरे । 

निर्वाचन प्रणालीका कारण कुनै एक पार्टीको बहुमत नआउने भएकाले सरकार गठनमा पनि गठबन्धन गर्नुपर्ने बाध्यता रहेको प्रवक्ता महतले बताए ।