Ad Image

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

User Image Mayorsap | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/gold.jpg1600838423.jpg

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले बढेको हो ।

महासंघले आजको लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ तोकेको छ, जुन अघिल्लो दिनको १ लाख ८४ हजार ८ सय रुपैयाँभन्दा ५ हजारले बढी हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको दरमा आएको तीव्र वृद्धिको असर नेपाली बजारमा पनि प्रत्यक्ष देखिएको महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले बढेर १ हजार ९९० रुपैयाँ पुगेको छ । अघिल्लो दिन यसको मूल्य १ हजार ९४० रुपैयाँ थियो ।