उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा राजकुमारीको जहाजमै मृत्यु


काठमाडौं । रौतहटको फतुवा विजयपुर नगरपालिका–११ की ३९ वर्षीया राजकुमारी चौधरीको थप उपचारका लागि काठमाडौं ल्याउने क्रममा निधन भएको छ ।
श्रीमान् जंगबहादुर चौधरीले सिमरा विमानस्थलबाट काठमाडौं ल्याउँदै गर्दा राजकुमारीको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिए ।
उनी जहाजमै बेहोस भएकी थिइन् । केएमसी अस्पतालमा पुर्याइएपछि चिकित्सकहरूले उनलाई बाटोमै मृत्यु भएको घोषणा गरेका थिए ।
मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।