हरिसिद्धिमा ललितपुर महानगरको सार्वजनिक सुनुवाइ कार्यक्रम सुरु


ललितपुर । ललितपुर महानगरपालिकाले हरिसिद्दिमा सार्वजनिक सुनुवाइ कार्यक्रम सुरु गरेको छ ।
लगातार वर्षा भइरहेका बेला समेत पाल टाँगेर कार्यक्रम सञ्चालन गरिएको हो ।
नागरिकका गुनासा, सुझाव र माग सुन्ने उद्देश्यसहित आयोजना गरिएका यस्ता कार्यक्रमलाई स्थानीयले सकारात्मक रूपमा लिएका छन् ।