Ad Image

गोरखामा बसले ठक्कर दिँदा बालिकाको मृत्यु

User Image Mayorsap | १२ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/accident-scaled_.jpg

गोरखा । गोरखामा बसको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएको छ ।

गोरखाबाट आरुघाटतर्फ गइरहेको ग२ख ९२५ नम्बरको बसले ठक्कर दिँदा गोरखा नगरपालिका–४ फिनामकी सुविना सुर्खेतीको मृत्यु भएको हो ।

आज दिउँसो बसबाट ओर्लिने क्रममा सोही बसको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए । 

उनका अनुसार घटनामा परेर बालिकाकी आमा २० वर्षीयाा विनिता सुर्खेती भने गम्भीर घाइते भएकी छिन् । 

विनिताको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको गोरखा नगरपालिका–४ का कार्यवाहक वडाध्यक्ष निसा रोकाले बताइन् ।