गगन थापाले पेस गरे सर्वोच्चमा लिखित जवाफ


काठमाडौं । अदालतको अवहेलना मुद्दामा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सर्वोच्च अदालतमा बुधबार लिखित जवाफ पेस गरेका छन् ।
अधिवक्ता अमृतकुमार केसीमार्फत पेस गरिएको जवाफमा थापाले आफूले संविधानको मर्मअनुसार न्यायिक जबाफदेहिता सुनिश्चित गर्न अभिव्यक्ति दिएको दाबी गरेका छन् ।
थापाले ५२ संवैधानिक नियुक्तिको मुद्दा किनारा नलगाएको भन्दै सर्वोच्चमाथि वैशाख ११ गते टिप्पणी गरेका थिए, जसका आधारमा तीन अधिवक्ताले अवहेलना मुद्दा दायर गरेका थिए ।
जवाफमा थापाले आफूले न्याय सम्पादनमा अवरोध पुग्ने कुनै टिप्पणी नगरेको स्पष्ट गर्दै दायर निवेदन खारेज हुनुपर्ने माग गरेका छन् ।