Ad Image

डडेल्धुरामा हावाहुरीले रुख ढल्दा एक महिलाको मृत्यु

User Image Mayorsap | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/IMG_20250521_110442.jpg

डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका–६ दोबाटामा बुधवार बिहान आएको हावाहुरीले सल्लाको रुख ढल्दा एक महिलाको ज्यान गएको छ ।

स्थानीयका अनुसार बिहान करिब ६ बजेतिर रुख घरमाथिबाट ढलेर खसेपछि २७ वर्षीया रविना कामीको घटनास्थलमै मृत्यु भएको हो । सोही घटनामा उनकी सासू राधा कामी गम्भीर घाइते भएकी छन् ।

हावाहुरीले घर पूर्णरूपमा क्षतिग्रस्त बनाएको छ । राधा कामीको कम्मर र टाउकोमा चोट लागेको बताइएको छ ।

मृतक रविनाका एक छोरा र एक छोरी छन् । घटनाबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।