Ad Image

गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ

User Image Mayorsap | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/giraha ministry.JPG

काठमाडौं । गृह मन्त्रालयमा हालै सरुवा भएका सहसचिव तीर्थराज भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भट्टराईलाई केही समयअघि मात्र पक्राउ गरिएको हो। उनी हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागबाट सरुवा भएर गृह मन्त्रालय पुगेका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल अध्यागमनमा छापा मारेपछि भट्टराई पक्राउ परेका हुन्।

हाल घटनासम्बन्धी विस्तृत विवरण आउन बाँकी छ।