Ad Image

पोखरा विमानस्थलमा भएको भ्रष्टाचार छानबिन गर्न अख्तियारलाई निर्देशन

User Image Mayorsap | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/RS_KTMRATL6053.jpg

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै संसद्को सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धान गर्न निर्देशन दिएको छ ।

लेखा समितिका सभापति ऋषिकेश पोखरेलले करिब साढे ४ घन्टा लामो छलफलपछि राजेन्द्र लिङ्देन नेतृत्वको उपसमिति तथा सदस्यहरू गोकुल बास्कोटा र तारा लामाको पुरक मतसहितको प्रतिवेदन स्वीकार गरी अख्तियारमा पठाउने निर्णय भएको जानकारी दिए ।

प्रतिवेदनमा १५ वटा प्रमुख प्रश्न उठाइएको उल्लेख गर्दै ती प्रश्नहरू निर्णयका रूपमा समेटेर अख्तियारमा बुझाउने निर्णय गरिएको हो । प्रतिवेदन ग्रहण गर्ने प्रक्रिया र समितिको नेतृत्वबारे बैठकमा केही समय विवाद र भनाभनसमेत भएको थियो ।