Ad Image

सडकमा सुत्केरी व्यथाले छटपटाइरहेकी महिलाको उद्धार गर्ने प्रहरी जवान पुरस्कृत

User Image Mayorsap | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Web_Photo_Editor (1).jpg

अत्तरिया । कैलालीको गोदावरी नगरपालिका–१ मा सडकमा सुत्केरी व्यथाले छटपटाइरहेकी महिलाको उद्धारमा सहयोग गरेकी प्रहरी जवान चन्द्रिका देउवा पुरस्कृत भएकी छन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीले उनलाई प्रशंसा पत्रसहित पुरस्कृत गर्दै उक्त योगदान प्रहरी रेकर्डमा समेत उल्लेख गरिएको जनाएको छ ।

बझाङको थलारा गाउँपालिकाकी चन्द्रा आचार्यलाई सुत्केरी व्यथा लागेपछि अस्पताल जान नसकेर बीच बाटोमै अलपत्र परेकी थिइन् । त्यही बेला प्रहरी जवान देउवाले उद्धारमा सक्रिय भूमिका निभाएकी हुन् ।

 

एसपी बाल नरसिंह राणाले देउवालाई कदर गर्दै पुरस्कार प्रदान गरेका हुन् । चन्द्राले बाटोमै शिशु जन्माएकी थिइन् भने पछि अस्पतालबाट आएको एम्बुलेन्सले उनलाई थप उपचारका लागि अस्पताल पुर्‍याएको थियो ।