Ad Image

बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

User Image Mayorsap | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/akhtiyar2.jpg

काठमाडौं । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । प्रमुख प्रशासकीय अधिकृत ओलीसहित चार जनाविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।  उनीहरूमाथि बाँफिकोट गाउँपालिका वडा नं. २ मा रहेको पिपलकाँडा मेलगौरी सडक खण्ड निर्माण योजनामा अनियमितता गरी भ्रष्टाचार गरेको आरोप छ ।