Ad Image

पूर्वराजा ज्ञानेन्द्र र बालेन शाहबीच भेटवार्ताको चर्चा ! यस्तो छ वास्तविकता ​​​​​​...

User Image Mayorsap | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Brown & Black Business Hacks Duo Guesting YouTube Tumbnail (1).png

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र काठमाडौं महानगरपालिका प्रमुख (मेयर) बालेन शाहबीच भेट भएको भन्दै चर्चा भइरहेको छ । बुधबार सामाजिक सञ्जालमा धेरैले पूर्वराजा ज्ञानेन्द्र र मेयर बालेनबीच भेट भएको दाबीसहितका पोस्टहरू गरिरहेका छन् ।

पोर्चुगलका लागि पर्यटन प्रवर्द्धक रहँदा पूर्वराजाको प्रचारमा सरकारी लेटरहेड नै प्रयोग गरेपछि पदमुक्त भएका रमेशराज बास्तोलाले फेसबुकमा पूर्वराजा ज्ञानेन्द्र र मेयर बालेनबीच भेटवार्ता सम्पन्न भएको दाबी गरेका छन् ।

‘महाराज र बालेन साहबिच १ घण्टा राष्ट्रहीतलाई केन्द्रमा रहेर संवाद भएको थियो । राष्ट्र, जनता र स्वाभिमानको सेवामा समर्पित यो भेट ऐतिहासिक बनोस् ।’ उनले भनेका छन्, ‘नयाँ पुस्ता र गौरवशाली इतिहासबिचको यो संवाद राष्ट्र पुनर्निर्माणको दिशामा एक महत्त्वपूर्ण संकेत बन्न सकोस् ।’

हाल पोर्चुगलमा बसेर राजावादीको पक्षमा गतिविधि गर्दै आएका बास्तोलाले पूर्वराजा र बालेन शाहबीच भेटवार्ता भएको ‘अपुष्ट सूचना’ फेसबुकमा पोस्ट गरेपछि त्यसैलाई आधार मानेर राजावादीहरुले सेयर गरिरहेका छन् ।  

यता पूर्वराजानिकट स्रोतले भने भेटवार्ता भएको समाचारमा कुनै सत्यता नभएको बताएका छन् । पूर्वराजाको संवाद सचिवालयले पनि पूर्वराजाको विषयमा अनेक कुरा आइरहेको र त्यसमा सत्यता नभएको बताएको छ । पूर्वराजाविरुद्ध अनावश्यक भ्रम सिर्जनाको प्रयास भइरहेको सचिवालयले बताएको छ । यस्तै बालेनको सचिवालयले पनि पूर्वराजासँग भेट भएको भन्दै अफवाह फैलाएको बताएको छ ।