नागरिक उड्डयन राज्यमन्त्री चौधरीको घरमा चोरी


काठमाडौं । कैलालीको लम्किचुहा नगरपालिका–४ बलियास्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीको घरमा चोरी भएको छ । राज्यमन्त्री चौधरीको घरबाट सुनका औंठी, सिक्री लगायतका गहना, चाँदीका सामाग्री र ६५ हजार नगद चोरी भएको हो ।
घरमा चोरी भएको भनेर राज्यमन्त्री चौधरीकी दिदी नाता पर्ने एक महिलाले बुधबार प्रहरीमा खबर गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उक्त घरमा तीन महिनादेखि कोही पनि बसेको भने थिएन् ।
घरको दोस्रो तलाको ग्रिल निकालेर घरभित्र पसेर चोरी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।